समाज


२४ घण्टामा १३ ठाउँमा आगलागी, तीन जना घाइते

२४ घण्टामा १३ ठाउँमा आगलागी, तीन जना घाइते

नेपालखबर
कात्तिक १०, २०७९ बिहिबार १८:४७, काठमाडौँ

गएको २४ घण्टामा देशका १३ स्थानमा आगलागी भएको छ। 

घटनामा तीन जना घाइते भएका राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। 

काठमाडौंका तीन स्थानसहित सप्तरी, उदयपुर, दाङ, नुवाकोट, कैलाी, कञ्चनपुर, बाजुरा, उदयपुर, महोत्तरी, कपिलवस्तु र मोरङका एक एक स्थानमा आगलागी भएको हो।

प्राधिकरणका अनुसार सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका बनरझुल्लामा आगलागी हुँदा निभाउने क्रममा ३५ वर्षीय युवक घाइते भएका छन्। 

यस्तै, महोत्तरीको गौशाला नगरपालिकास्थित कवाडका सामान राखेको स्थानमा आगलागी हुँदा एक पुरुष घाइते भएका छन्। 

यसैगरी मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित एक घरमा ग्यास विस्फोट भइ आगलागी हुँदा एक जना पुरुष घाइते भएको प्राधिकरणको तथ्यांकमा उल्लेख छ। 

तिहारका अवसरमा गरिने दिपावली र दियोबाट कतिपय स्थानमा आगो सल्किने गरेको देखिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad