समाज


दीपावलीको राति ठाउँ ठाउँमा आगलागी, करोडौंको क्षति

दीपावलीको राति ठाउँ ठाउँमा आगलागी, करोडौंको क्षति

फाइल तस्बिर


नेपालखबर
कात्तिक ८, २०७९ मंगलबार २०:५२, काठमाडौँ

तिहारको दोस्रो दिन दीपावली गर्ने क्रममा ठाउँ ठाउँमा आगलागी भएको छ।

यी आगलागीबाट विभिन्न स्थानमा करोडौँको क्षति भएको केन्द्रीय प्रहरी सञ्चार कक्षले जानकारी दिएको छ। 

काठमाडौंको तारकेश्वर नगरपालिका-४ लोलाङ्ग हाइट गणेश मन्दिर नजिक ३३ वर्षीय सविन कार्कीले संचालन गरेको ब्याम्बो नियासा सुज प्रालिमा सोमबार साँझ आगलागी हुँदा ठूलो क्षति भएको छ। 

आगलागीबाट सुज प्रालिसँगैको गोर्खाली फुडल्याण्ड एण्ड रेष्टुरेण्ट र मोटरसाइकल वर्कसपमा समेत क्षति भएको छ ।  

आगलागीको खबर प्राप्त भएपछि प्रहरी वृत्त बालाजु लगायत अन्य प्रहरी इकाइबाट खटिएको प्रहरीले नेपाली सेना, सशस्त्र प्रहरी बल, पानी ट्याङकर र दमकलको सहयोगमा नियन्त्रणमा लिइएको छ। ठूलो क्षति भए पनि एकिन विवरण आएको छैन। 

सोमबारै राति दक्षिणकाली नगरपालिका-६ कोछुटोलस्थित अशोक कर्माचार्यको फर्निचरमा सोमबार राति आगलागी हुँदा फर्निचर मेसिन र काठपात जलेर करिब ६ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

काठमाडौंकै कागेश्वरी-मनोहरा नगरपालिका-१ भोर्लेटारस्थित टोखा नगरपालिका-३ बस्ने ४४ वर्षीय किरण प्रधानको ब्रोइलर कुखुरा फार्ममा चल्ला तातो पार्न बाल्ने भुसाबाट मंगलबार बिहान आगलागी हुँदा २ हजार २ सय बोइलर कुखुराको चल्ला र टहरा जलेर ५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ।

सिरहाको नरहा गाउँपालिका-२ पानबारीका बन्सिलाल यादवले गोलबजार नगरपालिका-४ स्थित बन्सी फेसन हब कपडा पसलमा विद्युत सर्ट भई सोमबार राति आगलागी हुँदा करिब ७० लाख रूपैयाँ बराबरको क्षति भएको छ। 

संखुवासभाको मादी नगरपालिका-१ उम्लिङ खुलाल टोल बस्ने मानध्वज खुलालको घरमा बिद्युत सर्ट भई सोमबार साँझ आगलागी हुँदा करिब ३० लाख ४५ हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ। 

रामेछापको उमाकुण्ड गाउँपालिका-२ तार्जे बस्ने राम बहादुर खड्काको घरमा विद्युत सर्ट भई सोमबार राति आगलागी हुँदा घरसहित सबै सामान जलेर करिब २८ लाख ७० हजार रूपैयाँ बराबरको क्षति भएको छ। 

कपिलवस्तुको कपिलवस्तु नगरपालिका-६ गोबरी चोक बस्ने धर्मेन्द्रलाल श्रीवास्तवको श्रीवास्तव इलेक्ट्रोनिक पसलमा विद्यतु सर्ट भई सोमबार राति आगलागी हुँदा ५ लाख रूपैयाँ बराबरको क्षति भएको छ।

सल्यानको कुमाख गाउँपालिका-४ स्यानिपिप्ली बस्ने हिरे रानाको घरमा विद्युत तार सर्ट भई सोमबार राति आगलागी हुँदा घरसहित करिब १० लाख रूपैयाँ बराबरको सामान जलेको छ। 

तनहुँको ब्यास नगरपालिका-१ भादगाउँ घर भएकी मनिसा कुमालले त्यही नगरपालिका-२ सफा सडकस्थित संचालन गरेको नेम्सी कस्मेटिक पसलमा सोमबार राति आगलागी हुँदा सबै सामान जलेर नष्ट भएको छ ।

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका-२ कोटडाडाँ बस्ने सुरेश आले मगरको आले मोटरसाइकल वर्कसपमा विद्युत सर्ट भई सोमबार राति आगलागी हुँदा मोटरसाइकलका पाटपुर्जाहरु जलेर करिब ७ लाख रूपैयाँ बराबरको क्षति भएको छ। 

त्यसैगरी दाङको घोराही उपमहानगरपालिका-१४ स्थित दाजुभाइ फर्निचर पसलमा विद्युतको तार सर्ट भई मंगलबार बिहान आगलागी हुँदा फर्निचर पसलको सम्पूर्ण सामान जलेर करिब ६ करोड ७० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad