ad ad

समाज


बझाङमा जीप दुर्घटना, ८ जनाको घटनास्थलमै मृत्यु

बझाङमा जीप दुर्घटना, ८ जनाको घटनास्थलमै मृत्यु

नेपालखबर
कात्तिक २, २०७९ बुधबार १७:३३, कञ्चनपुर

बझाङमा जीप दुर्घटना हुँदा कम्तीमा पनि ८ जनाको ज्यान गएको छ। 

मष्टा गाउँपालिका–१ मा यात्रुवाहक जीप दुर्घटना हुँदा ८ जनाको घटनास्थलमै मृत्यु भएको हो।

अहिले प्रहरी घटनास्थल पुगेको छ। उद्दार कार्य भइरहेको प्रहरीले जनाएको छ।

‘दुर्घटनामा परेको जीप टुक्रा टुक्रा भएको छ, अहिले घाइतेलाई उद्दार गरेर अस्पताल लैजादैछौँ,’ बझाङका डीएसपी जागेश्वर भण्डारीले भने।

मष्टा गाउँपालिकाका सूचना अधिकारी पृथुराज जोशीका अनुसार दुर्घटनामा परेकामध्ये ८ जनाको घनास्थलमै ज्यान गएको हो। 

'अहिले पनि उद्धार जारी छ। ६ जनालाई जिल्ला अस्पताल लगिएको छ', उनले नेपालखबरसँग भने, 'मानवीय क्षतिको संख्या अझै बढ्ने सक्ने आशंका छ।' 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .