काठमाडौंको बिजुली बजारस्थित आर्कब्रिजमाथि चढेका एकजना युवकलाई प्रहरीले पक्राउ गरेको छ।
शनिबार साँझ साढे ५ बजे काठमाडौँ महानगरपालिका-१० बिजुलीबजारस्थित पुलमाथि चढेका सिन्धुपाल्चोकको साँगाचोकगढी नगरपालिका-६ ठूलो सिरुबारी घर भएका २५ वर्षीय युवक श्रीकृष्णबहादुर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो।
हाल ललितपुरको लगनखेल श्रेष्ठलाई आवश्यक सोधपुछको लागि महानगरीय प्रहरी परिसर काठमाडौंमा राखिएको प्रवक्ता एसपी दिनेशराज मैनालीले बताए।
उनका आफन्त सम्पर्कमा आइनसकेको मैनालीले बताएका छन्। प्रहरीका अनुसार उनी मादक पदार्थ पिएर मातेको अवस्थामा भेटिएका थिए।
उनको मानसिक सन्तुलन पनि ठीक नभए जस्तो व्यवहार देखाइरहेको मैनालीले बताएका छन्।
6.2k
Shares

प्रतिक्रिया