नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तरुण दलका अध्यक्ष विद्वान गुरुङलाई अब कांग्रेसका उम्मेदवार जिताउने अभियानमा होमिन निर्देशन दिएका छन्।
सरकारी निवास बालुवाटारमा भेट्न पुगेका गुरुङलाई प्रधानमन्त्रीसमेत रहेका देउवाले यस्तो निर्देशन दिएका हुन्।
भेटमा तरुण गुरुङले नजिकिँदै गएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सम्पूर्ण तरुण शक्ति परिचालित गर्ने जानकारी गराए।
केही दिन भित्रैबाट आफू देश दौडाहामा निस्किने बताउँदै उनले हरेक निर्वाचन क्षेत्रमा पुगेर उम्मेदवार जिताउन रणनीतिसहित अघि बढ्ने जानकारी देउवालाई गराए।
त्यसक्रममा प्रधानमन्त्री देउवाले चुनाव जिताउन लाग्न निर्देशन दिए। 'लाग लाग उम्मेदवार जिताउन लाग', देउवाले उनकै शैलीमा निर्देशन दिँदै भने।
75
Shares

प्रतिक्रिया