महोत्तरीको एकडारा गाउँपालिका–१ को एक पोखरीमा अज्ञात व्यक्तिले विष हालिदिँदा २० क्विन्टल माछा नष्ट भएको छ।
स्थानीय श्री माध्यमिक विद्यालयको प्राङ्गणमा रहेको पोखरीमा सोमबार राति विष हालिँदा २० क्विन्टल माछा मरेका जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी।
पोखरीको आम्दानी विद्यालयले लिँदै आएको थियो। पोखरीमा विष हाल्ने व्यक्तिको पहिचान खुलेको छैन। विषादीले विभिन्न जातका २० क्विन्टल माछा नष्ट भएको छ।
विद्यालयकै स्वामित्वमा रहेको तथा त्यसको आम्दानीसमेत विद्यालयले नै प्रयोग गर्दै आएको थियो।
करिब पाँच लाख मूल्य बराबरको माछा मर्दा विद्यालयलाई ठूलो क्षति भएको प्रहरीले जनाएको छ।
विषादी हाल्ने व्यक्तिको व्यापक खोजी भइरहेको बुढाथोकीले बताए।

प्रतिक्रिया