ad ad

समाज


नेपाल आइपुगे सन्दीप लामिछाने, विमानस्थलबाटै पक्राउको तयारी

नेपाल आइपुगे सन्दीप लामिछाने, विमानस्थलबाटै पक्राउको तयारी

नेपालखबर
असोज २०, २०७९ बिहिबार १०:५६, काठमाडौँ

बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने नेपाल आइपुगेका छन्। उनी कतार एअरवेजको क्यूआर ६४८ नम्बरको विमानबाट अवतरण गरेका हुन्। 

उनलाई त्रिभुवन विमानस्थलबाटै नेपाल प्रहरीले पक्राउ गरेको छ। उनी सवार विमान वर्षाका कारण केहीबर विमानस्थल अवतरण नगरी आकाशमै फन्को मारेको थियो।

उनले नेपाल फर्केसँगै प्रहरीसँग आत्मसमर्पण गर्ने र कानूनी लडाइँ लड्ने बताएका थिए।

क्रिकेट खेल्न केन्या पुगेका लामिछानेविरुद्ध गत भदौ २१ गते एक युवतीले जबरजस्ती करणीको जाहेरी प्रहरीसमक्ष दिएकी थिइन्।

प्रहरीले पक्राऊ पूर्जी जारी गरेपछि सन्दीप केन्याबाट व्यवसायिक क्रिकेट खेलका लागि वेष्ट इण्डिजतर्फ लागेका थिए। लामिछाने आज बिहान १० बजे कतार एयरवेजबाट काठमाडौं आइपुगेका हुन्।

युवतीले प्रहरीसमक्ष दिएको जाहेरीमा सन्दीपले केन्या उड्नु अघिल्लो रात होटलमा बोलाएर जबरजस्ती करणी गरेको दाबी गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .