ad ad

समाज


निरन्तरको वर्षाले टीका र आशीर्वाद थाप्न जानेलाई समस्या

निरन्तरको वर्षाले टीका र आशीर्वाद थाप्न जानेलाई समस्या

नेपालखबर
असोज २०, २०७९ बिहिबार १०:९, काठमाडौँ

नवदुर्गाको प्रसाद लगाउन मान्यजनका घरमा जान चाहनेहरु निरन्तरको वर्षाले समस्यामा परेका छन्।

विजयादशमीका दिन बुधबार दिउँसो केही समय वर्षा रोकिए पनि बेलुकीदेखि निरन्तर वर्षा भएपछि टाढा टाढा आफन्तकहाँ नवदुर्गाको प्रसाद स्वरुप टीका, जमरा र आशीर्वाद लिन जाने समस्यामा परेका हुन्। दुई दशकको दसैँ मनाउँदा यसरी निरन्तर वर्षा भएको अहिलेसम्म आफूले थाहा नपाएको कागेश्वरी मनोहरा नगरपालिका–६ की कविता सापकोटा बताउँछन्।

वर्षाकै कारण आफन्तकहाँ टीका लगाउन जान नपाइएको उनको गुनासो छ।

राजधानीमा नजिक जान सकिए पनि राजधानी बाहिर सवारी साधन चढेर जानुपर्ने स्थानमा जान नसकिने अवस्था उत्पन्न भएको यात्रुहरु बताउँछन्। 

देशका अधिकांश स्थानमा वर्षा भइरहेकाले धेरै नदीमा बाढी आइरहेको जनाइएको छ। कति नदीमा त बहाव खतराको बिन्दुमा पुगेको सूचना पनि सार्वजनिक भइरहेको छ।
 

वर्षाका कारण सडकमा आशीर्वाद थाप्न जानेको चहलपहल देखिँदैन। काठमाडौँ उपत्यका बाहिर गएका मानिस विजयादशमीपछि राजधानी आउने गरेकामा वर्षाले रोकिएका छन्।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले नेपालमा दक्षिण पश्चिम बङ्गालको खाडी र आन्ध्र प्रदेश आसपास बनेको न्यून चापीय प्रभावले वर्षा भएको जनाएको छ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै र बाँकी प्रदेशका थोरै स्थानमा सामान्यदेखि मध्यम वर्षा भइरहेको जनाइएको छ। विभागले आज बिहान ६ बजे मौसम पूर्वानुमानको बुलेटिन प्रकाशन गरी यस्तो जानकारी गराएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .