समाज


दुई युवा मृत फेला

दुई युवा मृत फेला

नेपालखबर
मंसिर २९, २०७६ आइतबार ३:४६,

पर्वतको फलेवास नगरपालिका–७ चिर्दिखोलामा एक युवाको शव फेला परेको छ।

स्थानीय २६ वर्षीय युवक डिलबहादुर नेपाली मृतावस्थामा फेला परेका हुन्।

अत्याधिक मादक पदार्थ सेवनका कारण नेपालीको मृत्यु भएको हुनसक्ने आशङ्का गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिए।

त्यसैगरी बाजुराको बडिमालिका नगरपालिका–९ चौराटाका ३५ वर्षीय जङ्गबहादुर विष्ट पनि ठुलीगाड नजिक मृत अवस्थामा भेटिएका छन्।

प्रहरीले विष्टको मृत्युबारे अनुसन्धान जारी राखेको जनाएको छ। विष्ट मालिका नमूना माविमा कार्यरत थिए। आवश्यक अनुसन्धानपछि मात्र शव परीक्षण गर्नुपर्ने माग आफन्तले राखेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad