दोलखाबाट काठमाडौंतर्फ आउँदै गरेको बस आइतबार बिहान सिन्धुपाल्चोकको खाडीचौरमा दुर्घटना हुँदा १२ जनाभन्दा बढीको मृत्यु भएको छ। यद्यपि यो पुष्टि हुन बाँकी छ।
दोलखाको कालिञ्चोकबाट काठमाडौंतर्फ आउँदै गरेको बा २ ख ४४६८ नम्बरको बस अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको लामोसाँघु जिरी सडकको ५ किलोबाट खसेको हो। बस सडकबाट अन्दाजी २०० मिटर तल खसेकाे प्रहरीले जनाएकाे छ। दुर्घटना आइतबार बिहान सवा ८ बजेतिर भएकाे हाे।
दुर्घटनामा १५ जनभन्दा बढीकाे हताहती भएकाे अनुमान गरिएकाे छ। तर एकिन गर्न बाँकी छ। अहिले घटनास्थलमा प्रहरी खटिएकाे छ।
रिजर्भ गरेको बस दुर्घटनमा परेको बताइएको छ। घटनाको विस्तृत विवरण आउन बाँकी छ।

प्रतिक्रिया