ad ad

समाज


दसैंको दोस्रो दिन आज ब्रह्मचारिणीको पूजा गरिँदै

दसैंको दोस्रो दिन आज ब्रह्मचारिणीको पूजा गरिँदै

नेपालखबर
असोज ११, २०७९ मंगलबार ७:१, काठमाडौँ

बडादसैंको दोस्रो दिन आज ब्रह्मचारिणी भगवतीको पूजा गरेर मनाइँदै छ।

घटस्थापना गरेसँगै नवदुर्गाका ९ वटा रूपको पूजा गर्ने परम्परा छ। ब्रह्मचारिणी अर्थात् तपको आचरण गर्ने यी देवीको उपासनाले मनुष्यमा तप, त्याग, वैराग्य, सदाचार, संयमको वृद्धि हुन्छ भन्ने धार्मिक विश्वास छ। 

नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने परम्परा छ। 

दसैंको दोस्रो दिन आज देशभरीका नवदुर्गाका मन्दिर, शक्तिपीठ तथा दसैंघरमा ब्रह्मचारिणी भगवतीको पूजा गरिन्छ। काठमाडौं उपत्यकाका गुहेश्वरी, मैतीदेवी, दक्षिणकाली, कालीकास्थान, शोभाभगवती, तलेजुभवानी, विजेश्वरी, नक्साल भगवती, भद्रकाली र इन्द्रायणीसहितका देवी दुर्गाका शक्तिपीठमा पूजा हुन्छ।

यस्तै उपत्यका बाहिर धरानको दन्तकाली, भोजपुरको सिद्धकाली, ताप्लेजुङको पाथीभारा, गोरखाको मनकामना, सप्तरीको छिन्नमस्ता र षखडा, पोखराको विन्ध्यावासिनीसहितका मन्दिरमा पनि देवी दुर्गाको विशेष पूजा गरिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .