समाज


कञ्चनपुरको ब्रह्मदेवमा नेपाली व्यापारीलाई एसएसबीको अवरोध, छाप्रा राख्नै दिएनन्

कञ्चनपुरको ब्रह्मदेवमा नेपाली व्यापारीलाई एसएसबीको अवरोध, छाप्रा राख्नै दिएनन्

गोकुल जोशी
असोज १० , कञ्चनपुर

कञ्चनपुरमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले नेपालीलाई व्यापारका लागि छाप्रा राख्दा अवरोध गरेको छ। 

भीमदत्त नगरपालिका–९ ब्रह्मदेवस्थित स्थानीयले व्यापारका लागि छाप्रा राख्न खोज्दा एसएसबीले अवरोध गरेको स्थानीयले बताएका छन्।

सोमबारदेखि नवरात्र सुरु भएसंगै ब्रह्मदेवस्थित सिद्धनाथ मन्दिरमा भक्तजनहरुको घुँइचो लाग्ने हुनाले प्रत्येक वर्ष नेपालीले त्यहाँ फड (खटिया राख्ने सानो पसल) लगाउने गर्दछन्।

ब्रह्मदेवमा यही विषयमा हरेक वर्ष एसएसबीले आफ्नो भूमि दाबी गर्दै नेपालीलाई छाप्रा राख्न अवरोध गर्दै आएको छ।

ब्रह्मदेवमा छाप्रा थाप्न स्थानीयले राखेको खटियासमेत एसएसबीले नियन्त्रणमा लिएको भीमदत्त नगरपालिका–९ का वडाध्यक्ष गगनसिंह कार्कीले बताए।

‘यहाँ हरेक वर्ष विवाद हुन्छ, यस वर्ष पनि एसएसबीले फड नलगाउन दिएको स्थानीयले गुनासो गरेका छन्,’ उनले भने, ‘एउटा खटिया पनि एसएसबीले नियन्त्रणमा लिएका छन् ।’

त्यस क्षेत्रमा भारतीय पक्षले नेपाललाई सडक बनाउनसमेत नदिएको उनले बताएका छन्। 

‘सडक कालोपत्रे, ग्राभेलिङ्ग गर्न नगरपालिकाले ठेक्का गरेको थियो, तर भारतीय पक्षले गर्न दिएको छैन,’ वडाध्यक्ष कार्कीले भने।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले यस विषयमा भारतीय प्रशासनसँग सम्पर्क गरिसकेको बताए।

भारतीय प्रशासनले विगतका वर्ष जसरी नेपालीलाई व्यापारका लागि सहजीकरण गर्न एसएसबीलाई निर्देशन दिने प्रतिवद्धता जनाएको उनले बताए।

असोज १०, २०७९, साेमबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.
ad ad