समाज


सुरक्षित यात्राको कामना गर्दै ट्राफिक प्रहरीद्वारा चालकलाई फूलमाला

सुरक्षित यात्राको कामना गर्दै ट्राफिक प्रहरीद्वारा चालकलाई फूलमाला

नेपालखबर
असोज १०, २०७९ सोमबार १६:४, काठमाडौँ

चाडपर्वलाई लक्षित गरेर लामो दूरीमा चल्ने सवारी साधनका चालकलाई आज काठमाडौँको नयाँ बसपार्कमा फूलमाला लगाएर सुरक्षित यात्राको कामना गरिएको छ।  

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, यातायात व्यवसायी र सामुदायिक सेवा केन्द्र वसपार्कका पदाधिकारी सहितको टोलीले चालकलाई माला लगाएर सुरक्षित यात्राको कामना गरेका हुन्।

दसैँ, तिहार लगायतका पर्वहरू मनाउनका लागि काठमाडौं उपत्यकाबाट बाहिरिने सवारी साधन र यात्रुको चाप बढ्दो छ। यो समयमा थप सचेत भएर सवारी साधन चलाउन आवश्यक रहेकाले चालकलाई हौसला प्रदान गरिएको पनि प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .