ad ad

समाज


डा‍. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रँदै गयो : अस्पताल

डा‍. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रँदै गयो : अस्पताल

फाइल फाेटाे


नेपालखबर
असोज ७, २०७९ शुक्रबार १९:१४, काठमाडौँ

त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले डा गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएको जनाएको छ।

अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले आज विज्ञप्ति जारी गर्दै डा केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएको जानकारी दिएका हुन्। 

उनका अनुसार हरेक दिन बिराएर गरिएका प्रयोगशाला परीक्षणको रिपोर्टअनुसार शरीरमा इलेक्ट्रोलाइट्सको मात्रा घट्दै गइरहेको छ। इलेक्ट्रोलाइट्सको आपूर्तिका लागि डा केसीले अस्वीकार गरिरहेको उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ। 

डा केसीको दिसामा रगत देखिने समस्या भएपछि अस्पताल भर्ना गरिएको थियाे। अहिले भने दिसामा रगतको देखा नपरेको अस्पतालले जनाएको छ।

स्वास्थ्य क्षेत्रको सुधार माग गर्दै ११ दिनदेखि कैलालीको धनगढीबाट अनशन सुरु गरेका डा केसीको दिसामा रगत देखापरेको लगायतका समस्या उत्पन्न भएपछि यही असोज ६ गते बेलुका अस्पतालमा भर्ना गरिएको हो। रासस 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .