नेपाली कांग्रेसले आगामी मंसिर ४ गते हुने आम निर्वाचनका लागि सुझाव संकलन गर्न आम जनतामा सार्वजनिक अपिल गरेको छ।
नेपाली कांग्रेस घोषणा पत्र तयारी समितिले सार्वजनिक अपिल प्रकाशन गरी ‘जनभावना संकलन गर्ने क्रममा प्रविधि मार्फत सुझावका लागि’ भन्दैसार्वजनिक अपिल गरेको हो।
नेपाली काग्रेसको घोषणा पत्र निर्माण क्रममा आन्तरिक छलफलदेखि ‘प्रत्यक्ष सार्वजनिक संवाद’ शुरु गरिसकिएको कांग्रेसले बताएको छ।
‘यस्तो बन्नुपर्छ कांग्रेसको घोषणा पत्र’ भनेर विविध धारणा राख्ने सबैको सुझाव लिने निर्णय घोषणा पत्र तयारी समितिले गरेको छ। अतः स्वदेश र विदेशमा रहनुहुने नेपाली काग्रेसका सदस्य, समर्थक, शुभेच्छुक र आलोचक एवं समस्त नेपाली दिदिबहिनी दाजुभाइ जो सुझाव दिन चाहनुहुन्छ उहाँहरुले प्रविधिको निम्न माध्यमबाट सुझाव पठाउन सक्नुहुनेछ’ कांग्रेसले भनेको छ।
कांग्रेस घोषणापत्र तयारी समितिले ह्वाट्स एप, भाइभर, इमो मार्फत सुझाव पठाउन मोबाइल नम्बर ९७४१६७३४१८ सार्वजनिक गरेको छ।
यस्तै, आफ्नो आवाज रेकर्ड गराएर वा डिजिटल फर्म मार्फत पनि सुझाव पठाउन सकिने कांग्रेसले जनाएको छ।
Shares
प्रतिक्रिया