काठमाडौंको कपनमा अक्सिजन सिलिण्डर विस्फोट भएर आगलागी भएको छ।
कपन राम मन्दिर नजिकै रहेको एक ट्रेकिङ अफिसमा बुधबार साँझ आगलागी हुँदा एक जना जलेर घाइते भएका छन्।
कार्यालयमा रहेका अक्सिजन सिलिण्डर पड्किएर आगलागी भएको प्रहरीले जनाएको छ।
अहिले आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ।
काठमाडौं र ललितपुरका दमकल पुगेका छन् भने हेलिकोप्टरबाट पानी खसाल्ने तयारी भइरहेको प्रहरीले जनाएको छ।
60
Shares
प्रतिक्रिया