ad ad

समाज


काठमाडौं ‘स्कुल अफ ल’ले मनपरी शुल्क असुलेको भन्दै राष्ट्रिय कमिटीको ध्यानाकर्षण

यस्ता छन् माग
काठमाडौं ‘स्कुल अफ ल’ले मनपरी शुल्क असुलेको भन्दै राष्ट्रिय कमिटीको ध्यानाकर्षण

नेपालखबर
असोज ५, २०७९ बुधबार १५:१४, काठमाडौँ

पूर्वाञ्चल विश्वविद्यालयको भक्तपुरस्थित काठमाडौं ‘स्कुल अफ ल’ले मनपरी शुल्क असुल्ने गरेको भन्दै पूर्वाञ्चल विश्वविद्यालय राष्ट्रिय कमिटीले ध्यानाकर्षण गराएको छ। 

मनपरी पढाई शुल्क असुल्ने, सार्वजनिक नगर्ने, घुमाउन लैजाने एवं विभिन्न बहानामा अनावश्यक र अनाधिकृत शुल्क असुल्ने, नेपालको संविधानले सुनिश्चितता गरेको राजनीतिक एवं सांगठनिक विचार राख्न पाईने अधिकार कुण्ठित गर्ने लगायत गर्दै आएको भन्दै राष्ट्रिय कमिटीले ४ बुँदे माग राखेको छ। 

विद्यार्थीहरुलाई विभिन्न प्रकारका डर एवं मानसिक यातना दिने, मनोबैज्ञानिक रुपमा त्रास पुर्याउने कृयाकलाप गर्ने तथा परिक्षाको आन्तरिक मुल्यांकनमा फेल गराउने गुनासाहरु आएको भन्दै यस्तो नगर्न सचेत गराइएको छ। 

कानून संकाय जस्तो विषयको शुल्क, प्राविधिक विषयको पढाई शुल्क भन्दा धेरै हुनु आफैमा एक अतिवादको बिषय भएको निष्कर्ष आफूहरुले निकालेको अध्यक्ष प्रकाश अधिकारी र सचिव निसान खनालले एक विज्ञप्ति जारी गर्दै भनेको छ। 

यस्ता छन् ४ बुँदे मागः
१) यस शैक्षिक सत्रमा बढाएको शुल्क तुरुन्त फिर्ता गरियोस्।

२) कलेजले लिने शुल्क (Fee Structure) तुरुन्त सार्वजनिक गरियोस्।
३) विभिन्न बहानामा लिईने अतिरिक्त शुल्क तुरुन्त हटाईयोस्। त्यस्ता शुल्कहरु कलेजले लिने ९ँभभ क्तचगअतगचभ० मा नै समावेस गराईयोस ।
४) कलेजमा संघ, संगठन खोल्ने, खोल्न पाउने अधिकारको सुनिश्चितताको प्रतिबद्धता लिखित रुपमा गरियोस्। कलेजले यस अघि गरेका यस्ता हर्कतको सार्वजनिक माफी मागियोस्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .