राजनीति


राष्ट्रपतिको कदम संविधान विरोधी छ, उल्लंघनकाे छुट कसैलाई हुँदैन : नारायणकाजी श्रेष्ठ

राष्ट्रपतिको कदम संविधान विरोधी छ, उल्लंघनकाे छुट कसैलाई हुँदैन : नारायणकाजी श्रेष्ठ

फाइल तस्बिर


नेपालखबर
असोज ५, २०७९ बुधबार १५:१५, काठमाडौँ

नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले राष्ट्रपति विद्यादेवी भण्डारीलाई संविधानको उल्लंघन गर्ने छुट हुन सक्ने बताएका छन्।

संसद्बाट दोस्रो पटक पारित भएर शीतलनिवास बुझाइएको नागरिकता विधेयक १५ दिनसम्म पनि प्रमाणीकरण नभएपछि उनले राष्ट्रपतिलाई संविधानको उल्लंघन गर्ने छुट हुन सक्ने बताएका हुन्।  

नेता श्रेष्ठले बुधबार दिउँसो ट्विट गर्दै राष्ट्रपति भण्डारीले नागरिकता विधेयक प्रमाणित नगर्नु संविधान विपरितको गलत कदम भएको पनि बताएका छन्। 

‘नागरिकता विधेयकको प्रकृया र अन्तर्निहित मुद्दाहरुका सम्बन्धमा राष्ट्रपतिज्यूले सरोकार देखाउनु भएका कतिपय विचारहरुसँग हाम्रो सहमति छ,’ उनले लेखेका छन्, ‘तर, राष्ट्रपतिलाई संविधानको उल्लंघन गर्ने छुट भने हुन सक्दैन। तसर्थ राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणित नगर्नु संविधान विपरितको गलत कदम हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .