काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले डेङ्गु संक्रमित भएको शंका लागेमा कल गरेर महानगरपालिकाको सेवा लिन अनुरोध गरेका छन्।
उनले सामाजिक सञ्जालमार्फत सूचना दिँदै ११८० मा कल गरेर स्वास्थ्यकर्मीहरुबाट परामर्श लिन र १०२ मा कल गरेर निःशुल्क एम्बुलेन्स सेवा लिन अनुरोध गरेका छन्।
‘डेङ्गु संक्रमितहरुका लागि २४ घण्टे हटलाइन सुरु । संक्रमित भए वा भएको शंका लागेमा ११८० मा कल गरेर स्वास्थ्यकर्मीहरुबाट नै परामर्श पाउन सक्ने,’ मेयर शाहले भनेका छन्, ‘आवश्यक भएमा १०२ मा कल गरेर महानगरको निशुल्क एम्बुलेन्स सेवा लिन सक्नुहुनेछ।’
काठमाडौंमा पछिल्लो समय डेङ्गु संक्रमितको संख्या बढ्दै गएको छ।
— Balen Shah (@ShahBalen) September 16, 2022डेङ्गु संक्रमितहरुका लागि २४ घण्टे हटलाइन सुरु । संक्रमित भए वा भएको शंका लागेमा 1180 मा कल गरेर स्वास्थ्यकर्मीहरुबाट नै परामर्श पाउन सक्ने । आवश्यक भएमा 102 मा कल गरेर महानगरको निशुल्क एम्बुलेन्स सेवा लिन सक्नुहुनेछ ।
Shares
प्रतिक्रिया