ad ad

समाज


मनसुन थप सक्रिय हुने, धेरै ठूलो वर्षाको सम्भावना (विशेष बुलेटिनसहित)

मनसुन थप सक्रिय हुने, धेरै ठूलो वर्षाको सम्भावना (विशेष बुलेटिनसहित)

फाइल फाेटाे


नेपालखबर
भदौ ३०, २०७९ बिहिबार २१:२२, काठमाडौँ

नेपालमा केही दिन मनसुन थप सक्रिय हुने र केही प्रदेशमा धेरै ठूलो वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले आज (भदौ ३० गते) साँझ ‘विशेष मनसुन बुलेटिन–६’ जारी गरी कम्तीमा शनिबारसम्म वर्षाको मात्रा बढ्ने जानकारी दिएको हो। 

वर्षा बढेसँगै बाढी र पहिरोको जोखिम पनि बढ्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।   

हाल भारतको उत्तर प्रदेशमा रहेको न्यून चापीय क्षेत्र नेपालतर्फ सर्दै जाने क्रममा नेपालको पश्चिमी क्षेत्रनजिक आइपुग्ने र सँगै मनसुन न्यून चापीय रेखा पनि बिस्तारै नेपालको तराई नजिक आइपुग्ने हुनाले आगामी केही दिन नेपालमा मनसुन थप सक्रिय हुने सम्भावना देखिएको महाशाखाले जनाएको छ। 

‘यी प्रणालीहरूको प्रभावले बिहीबार (भदौ ३० गते) राति देशभर सामान्यतया बदली रही देशका केही स्थानमा मेघगर्जन/ चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ’, महाशाखाको विशेष बुलेटिनमा भनिएको छ, ‘शुक्रबार (भदौ ३१ गते) देशभर सामान्यदेखि पूर्णतया बदली रही गण्डकी, लुम्बिनी,  कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेश प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना छ।’

यसैगरी शनिबार देशभर सामान्यतया बदली रही सुदूरपश्चिम र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख गरिएको छ। 

हेर्नुहाेस् विशेष बुलेटिन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .