काठमाडौं महानगरपालिकाले डेंगु नियन्त्रण गर्न प्रत्येक वडामा एक लाख रुपैयाँसम्म प्रदान गरेको छ।
डेंगुको प्रकोप रोक्नका लागि केही समय अगाडिबाट नै विशेष कार्यक्रम सञ्चालन गरेको महानगरले वडाको आकार अनुसार ठूला वडाहरुमा रु १ लाख, मध्यमका लागि रु ७५ हजार तथा साना वडाहरूमा रु ५० हजारका दरमा बजेट छुट्याएको जनाएको छ।
‘तर यो प्रयत्न पनि अपुग भएको छ। किनकि महानगरमात्रैले यो प्रकोपलाई तत्काल रोक्न गाह्रो छ। यसमा हामी सबैको भूमिका रहन्छ’ महानगर प्रमुख बालेन्द्र शाहले मंगलबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘पहिलो त उपलब्ध स्रोत साधनको प्रयोग गरेर लामखुट्टेको टोकाइबाट बच्नुहोस्।’
लामखुट्टेले थोरै भन्दा थोरै पानी भएको ठाउँबाट पनि बच्चा फैलाउन भन्दै सडकमा हिँड्दा बोतलको बिर्को जति सानो कुरा छ भने पनि उल्टाइदिन आग्रह गरेको छ, ताकि पानी जम्मा नहोस्।
यस्तै, महानगरले डेंगुबाट संक्रमण भए स्वास्थ्यकर्मीहरुको सल्लाह अनुसार व्यवहार गर्न पनि आग्रह गरेको छ।
Shares

प्रतिक्रिया