ad ad

समाज


नेवारी समूदायले मनाए ‘योमरी पुन्ही’

नेवारी समूदायले मनाए ‘योमरी पुन्ही’

नेपालखबर
मंसिर २६, २०७६ बिहिबार १५:१०,

आज मंसिर पूर्णिमा, काठमाडौंमा यसलाई योमरी पुन्ही पनि भनिन्छ।

नेवारी समुदायमा यस दिन योमरी (चामलको पीठोबाट बनाइएको र भित्र चाकु तथा तिल राखेर विशेष प्रकारले पकाइएको रोटी) पकाएर खाने भएकाले यसलाई योमरी पुन्ही भनिएको हो। यस पूर्णिमालाई नेपालभाषामा थिल्ला पुन्ही पनि भनिन्छ ।देशभरका नेपालभाषी योमरी बनाएर देवदेवीलाई चढाइसकेपछि प्रसादको रुपमा आफूहरु पनि खान्छन्। तैपनि यो पुन्ही एकदिनमात्र मनाइँदैन।

योमरी पुन्हीको भोलिपल्ट नेपालभाषीहरु आफ्ना नातागोता, छोरी, छोरीज्वाइँलाई घर बोलाएर योमरी सहितको भोज खुवाउने चलन छ। त्यसैले यो पर्व नेपालभाषी समुदायमा अत्यन्त महत्वपूर्ण मानिन्छ।

नेपाल भाषमा ‘यो’ भन्नाले मनपर्ने र ‘मरी’ भन्नाले रोटी भन्ने बुझिन्छ। यसरी सबैलाई मनपर्ने भएकोले यसलाई योमरी भनिएको हो। आज काठमाडौंसहित ललितपुर भक्तपुर र नेवार समुदायको बसोबार भएको सबै क्षेत्रमा यो पर्व मनाइएको छ।

काठमाडौं उपत्यकामा आज ज्यापु दिवश भनेर पनि मनाउने गरिन्छ। काठमाण्डौको बसन्तपुरमा भएको एक कार्यक्रममा नेपाल सरकारको उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेलले नेपालमा बोलिने सबै भाषा र संस्कृतिको सम्मान गरिने बताए। कार्यक्रममा मन्त्री पोखरेलले ज्यापु समाजले भाषा र संस्कृतीको संरक्षण गर्ने हरेक कामलाई सरकारले सहयोग गर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .