पटक पटक सूचना दिँदा पनि पार्किङका लागि बनाइएको बेसमेन्टमा जाने पेटी नभत्काएपछि काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ।
महानगरपालिकाले यसअघि राजधानीको मखनटोलस्थित सुरज आर्केडको बेसमेन्ट खाली गराएको थियो।
तर बेसमेन्ट खाली गराएर पनि पार्किङका लागि जाने बाटो नबनाएपछि महानगरले आइतवार डोजर लगेर भत्काएको हो।
महानगरको टोलीले सुरज आर्केडको बेसमेन्टमा चलाइएका पसलहरु यसअघि नै खाली गराइसकेको थियो।
भवन बनाउने क्रममा लिइएको अनुमति अनुसार पार्किङको व्यवस्था नगरि पसलहरु चलाएको भन्दै महानगरले खाली गर्न निर्देशन दिएको थियो।
बेसमेन्ट खाली गराइए पनि गाडी जाने गरी पेटी भत्काएर संरचना नबनाइएपछि महानगर आफैंले डोजर लगाएर भत्काएको हो।
महानगरपालिकाका नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेले आर्केडको अन्डरग्राउण्डमा गाडी र मोटरसाइकल लैजान पेटी नभत्काएकाले डोजर लगेर तोडिएको बताएका छन्।
भिडिओ
Shares

प्रतिक्रिया