ad ad

समाज


२४ दिनपछि हजार रुपैयाँ धरौटीमा हिरासतबाट छुटे शिवराज, डीएनएबारे बुझ्न पुगे अदालत

२४ दिनपछि हजार रुपैयाँ धरौटीमा हिरासतबाट छुटे शिवराज, डीएनएबारे बुझ्न पुगे अदालत

फाइल तस्बिर


नेपालखबर
भदौ २३, २०७९ बिहिबार १९:५, काठमाडौँ

निहारिका राजपुत प्रकरणमा जोडिएका शिवराज श्रेष्ठ २४ दिन प्रहरीको हिरासतमा बसेर छुटेका छन्। 

उनलाई जिल्ला प्रशासन कार्यालय धनुषाले एक हजार रुपैयाँ धरौटीमा छाडेको हो। 

साउन ३१ गते जिल्ला प्रहरी कार्यालय धनुषालाई शिवराजलाई पक्राउ गरेको थियो। 

अदालतबाट छुटेपछि बिहीबार उच्च अदालतमा पुगेर उनले डीएनएबारे बुझेका छन्। 

अदालतले उनलाई सबै प्रक्रिया अब उच्च सरकारी वकिल कार्यालयबाट हुने भन्दै त्यहीँ पठाइदिएको थियो। 

निहारिका राजपुतले शिवराजले आफूलाई बलात्कार गरेर जन्मिएको बच्चा उनको भएको भन्दै डीएनए परीक्षण गर्न माग गरेकी थिइन्। 

उनको माग अनुसार नै उच्च अदालत जनकपुरले डीएनए परिक्षण गर्न आदेश दिइसकेको छ। 

अदालतले डीएनए गर्न आदेश दिएपछि शिवराज बिहीबार उच्च अदालत जनकपुरमा हाजिर भएका थिए। 

अदालतले उनलाई अब डीएनए परीक्षण प्रक्रिया उच्च सरकारी वकिल कार्यालयबाटै हुने भन्दै उतै पठाइदिएको छ। 

तर शिवराज सरकारी वकिल कार्यालयमा उपस्थित नभएको सहायक न्यायाधिवक्ता यदुनाथ शर्माले बताए। 

‘उहाँ आज हाम्रो सम्पर्कमा आउनु भएन। हामी प्रहरीसँग पनि समन्वय गरेर अदालतको आदेशअनुसार डीएनए परीक्षणका लागि लैजान्छौं’, शर्माले नेपालखबरसँग भने। 

जिल्ला अदालतबाट बलात्कार मुद्दामा सफाइ पाएका श्रेष्ठविरुद्ध उच्च अदालतमा मुद्दा विचाराधीन छ। 

भदौ ८ गते उच्च अदालत जनकपुरले डीएनए गर्न आदेश दिएको छ। अदालतको आदेश आउनु पहिले नै प्रहरीले शिवराजलाई पक्राउ गरेको थियो। 

प्रहरीले आफैंलाई अभद्र व्यवहार गरेको झुटो आरोप लगाएर शिवराजलाई पक्राउ गरेको थियो। जिल्ला प्रशासन कार्यालयबाट २४ दिनसम्म म्याद थप्दै उनलाई हिरासतमा राखिएको थियो। 

तर २४ दिन थुनामा राख्दा पनि अदालतबाट डीएनए परीक्षण गर्न पत्र आइनपुगेपछि प्रहरीले उनलाई छाड्नु परेको हो। 

पक्राउ पर्नु पहिले पनि शिवराजले आफू डीएनए गर्न तयार रहेको बताएका थिए। जतिबेला अदालतले समेत डीएनए गर्न आदेश दिएको थिएन। 

भदौ ८ गते मुद्दाको पेशी राखिएपछि निहारिकाले डीएनएको माग गर्दै अदालतमा निवेदन दिएकी थिइन्। 

अदालतले पनि डीएनए गर्नु सान्दर्भिक हुने भन्दै राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटारमा पठाएर बच्चा र शिवराजको डीएनए गर्न आदेश दिएको छ। 

परीक्षण गराई प्रतिवेदन अदालतमा पेश गर्न आदेशमा भनिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .