ad ad

समाज


निहारिका पुत्र र शिवराजको डीएनए परीक्षण गर्न उच्च अदालतको आदेश

निहारिका पुत्र र शिवराजको डीएनए परीक्षण गर्न उच्च अदालतको आदेश

फाइल तस्बिर


नेपालखबर
भदौ ८, २०७९ बुधबार १७:४७, काठमाडौँ

उच्च अदालत जनकपुरले निहारिका राजपुतका छोरा र शिवराज श्रेष्ठको डीएनए परीक्षण गर्न आदेश दिएको छ। 

न्यायाधीश भोजराज अधिकारी र रेखा थापा पाण्डेको संयुक्त इजलासले बुधबार यस्तो आदेश दिएको हो। 

निहारिकाले लामो समयदेखि आफ्नो छोराको अधिकारका लागि डीएनए परीक्षण माग गर्दै आएकी थिइन्। 

जिल्ला अदालत धनुषाले आरोपित शिवराजलाई निर्दोष ठहर गर्दै सफाइ दिएपछि निहारिकाले उच्च अदालतमा पुनरावेदन गरेकी थिइन्। 

प्रहरीले आरोपित शिवराज श्रेष्ठलाई यसअघि नै पक्राउ गरिसकेको थियो। हाल उनलाई अभद्र व्यवहारको मुद्दामा म्याद थप गरेर थुनामा राखिएको छ। 

यसअघि उच्च अदालतमा मुद्दाको पेसी सरिरहेको थियो। गत माघ २४ गते जिल्ला अदालतका न्यायाधीश परशुराम भट्टराईको एकल इजलासले शिवराजलाई सफाइ दिएको थियो। 

अदालतले सफाइ दिएपछि निहारिका अन्यायमा परेको भन्दै काठमाडौंमा पटकपटक अनशन बस्दै आएकी छन्। पछिल्लोपटक उनले १७ दिन लामो अनसन सोमबार तोडेकी थिइन्। 

जिल्ला अदालतले शिवराजलाई सफाइ दिए पनि निहारिकाको बच्चाबारे मौन थियो। 

बच्चाको विषयमा पनि अदालतले केही नभनेपछि निहारिकाले शिवराज र बच्चाको डीएनए परीक्षण गर्न माग गर्दै आएकी छन्। 

अनशन तोड्दा पनि यसका लागि पहल गर्न सरकारले सहमति गरेको थियो। 

जिल्ला सरकारी वकिल कार्यालयले डीएनए परीक्षण माग गर्दै उच्च अदालतमा निवेदन दिने सहमति यसअघि नै भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .