समाज


पर्यटनमन्त्रीले पक्राउ गराएका सुरक्षागार्ड रिहा हुने, प्रजिअलाई गृहमन्त्रीको निर्देशन

पर्यटनमन्त्रीको सचिवालय भन्छ : गुरुङले प्रहरीसमक्ष गल्ती महसुस गरे
पर्यटनमन्त्रीले पक्राउ गराएका सुरक्षागार्ड रिहा हुने, प्रजिअलाई गृहमन्त्रीको निर्देशन

नेपालखबर
भदौ २०, २०७९ सोमबार १७:२, काठमाडौँ

गृहमन्त्री बालकृष्ण खाणले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठको पत्र लेखेपछि प्रहरीले हिरासतमा लिएका गरूड सेक्युरिटिजका सुरक्षा गार्ड शेरजंग गुरूङलाई रिहा गर्न निर्देशन दिएका छन्। 

गृहमन्त्री खाणले सोमबार काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललाई प्रक्रिया पुर्‍याएर सुरक्षा गार्ड गुरूङलाई रिहा गर्न निर्देशन दिएका हुन्। 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठलाई दुर्व्यवहार गरेको आरोपमा ठमेलस्थित छाया सेन्टरस्थित भीएफएसका सुरक्षा गार्ड गुरूङलाई  प्रहरीले आइतबारदेखि हिरासतमा राखेको थियो। 

भीएसएफमा बायोमेट्रिक्सका लागि शुक्रबार पत्नीसहित पुगेका मन्त्री श्रेष्ठलाई गुरूङले लाइनमा बस्न भनेपछि विवाद भएको थियो।

उक्त विवादका क्रममा आफ्ना अंगरक्षकलाई धकेलेको र आफूलाई पनि लाइनमा हुँदा हुँदै दुर्व्यवहार गरेको आरोप मन्त्री श्रेष्ठले लगाएका छन्।

उता मन्त्री श्रेष्ठ सुरक्षागार्ड शेरजंग गुरुङले प्रहरीसमक्ष गल्ती महसुस गरिसकेकोले उनलाई हिरासतमुक्त गरिदिन गृहमन्त्रालयलाई भनेका छन्। 

क्यानडामा हुने कार्यक्रममा सहभागी हुन भिसासाका लागि बायोमेट्रिक दिन गत शुक्रबार छाया सेन्टरस्थित भीएफएसको कार्यालयमा जाँदा पदीय मर्यादालाई समेत ख्याल नगरी सुरक्षागार्ड गुरुङले मन्त्री र सुरक्षाकर्मीलाई अभद्र व्यवहार पनि उनको सचिवालयले उल्लेख गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .