समाज


राहदानी विभागको बेसमेन्टमा पार्किङ सुरु

राहदानी विभागको बेसमेन्टमा पार्किङ सुरु

नेपालखबर
भदौ १५, २०७९ बुधबार १६:२८, काठमाडौँ

काठमाडौंको त्रिपुरेश्वरमा रहेको राहदानी विभागको बेसमेन्टमा पार्किङ सुरु भएको छ। 

नक्साअनुरूप निर्माण नभएका संरचना र नक्सा पास भएबमोजिम प्रयोग नभएका संरचना अवैध ठहर गर्दै काठमाडौँ महानगरपालिकाले अघिल्लो मंगलबारदेखि त्यस्ता संरचना भत्काउन सुरु गरेको थियो।   

सोही क्रममा शुक्रबार महानगरले गरेको अनुगमनका क्रममा विभागको बेसमेन्टमा राखिएका कुर्सी हटाएर जुन प्रयोजनका लागि निर्माण भएको सोहीअनुरूप प्रयोग गर्न निर्देशन दिएको थियो। 

महानगरको निर्देशनपछि विभागले एक सूचना जारी गर्दै आइतबारदेखि उक्त स्थानमा पार्किङका लागि खुला गरिने जनाएको थियो। 
उक्त पार्किङस्थलमा सेवाग्राहीले मोटरसाइकल पार्किङ गर्न सुरु गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .