नेपाली नारीहरुको महान पर्व हरितालिका तीजका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुशपतिनाथको दर्शन गरेकी छन्।
वैदिक सनातन हिन्दु धर्मावलम्वीहरुको पर्व तीजको दिन मंगलबार राष्ट्रपति भण्डारीले पशुपतिनाथ भगवानको दर्शन र पूजा, आराधना गरिन्।
दर्शनका लागि पशुपतिनाथ पुगेकी राष्ट्रपति भण्डारीको सुरक्षाका लागि मन्दिर परिसरको सुरक्षा व्यवस्था कडा बनाइएको थियो।
रोचक त के थियो भने महिलाहरुको पर्व भएकैले हाेला, राष्ट्रपति भण्डारीको सुरक्षाका लागि पनि महिला सुरक्षाकर्मीहरु नै खटाइएको थियो।
विहानैदेखि पशुपतिनाथ मन्दिर परिसरमा दर्शनार्थीहरुको घुइँचो थियो। महिलाहरुले दिनैभरी मन्दिर परिसरमा पूजा, आराधना गरेको देखिन्थ्यो।
अरु महिलाहरुसँगै सुरक्षाकर्मीहरुले पनि आफ्नो कर्तब्य निभाउँदै मन्दिरमा पूजा आराधना गरेका थिए।


















प्रतिक्रिया