ad ad

समाज


महानगरको निर्देशनपछि न्युरोडका बेसमेन्ट खाली गर्न भ्याइनभ्याइ (तस्बिरहरु)

महानगरको निर्देशनपछि न्युरोडका बेसमेन्ट खाली गर्न भ्याइनभ्याइ (तस्बिरहरु)

सुरज आर्केडको बेसमेन्टमा भएका सामानहरु खाली गराईंदै।


सरोज बैजु
भदौ १३, २०७९ सोमबार १३:१५, काठमाडौँ

काठमाडौं महानगरपालिकाको निर्देशनपछि न्युरोडस्थित ब्यापारिक भवनका बेसमेन्टहरु धमाधम खाली गर्न थालिएको छ। काठमाडौं महानगरका प्रहरी प्रमुख राजुनाथ पाण्डेसहितको टोलीले सोमबार बिहान न्युरोड पुगेर बेसमेन्ट खाली गर्न निर्देशन दिएको थियो। 

उक्त निर्देशनपछि ब्यापारीले दिउँसो ४ बजेसम्मका लागि समय मागेका थिए। 

त्यसपछि अहिले धमाधम बेसमेन्टका पसलमा राखिएका पसलहरु खालि गराइदै छ। केहीदिनदेखि पार्किङका लागि नक्सा पास भएर अन्य प्रयोजनमा रहेका व्यवसायहरु धमाधम नगर प्रहरीले हटाउँदै हिँडेको छ। 

दुई दिनअघिसम्म काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह आफैं बेसमेन्ट खाली गराउँदै हिँडेका थिए। आइतबारदेखि भने नगर प्रहरीलाई बेसमेन्ट खालि गराउन मेयर बालेन्द्रले खटाएका छन्। 

न्युरोडमा नगर प्रहरीको टोलीले बेसमेन्ट खाली गराउन निर्देशन दिएपछिका केही दृश्यहरु:

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .