ad ad

समाज


शीतलनिवास अगाडि निहारिकाको आत्मदाह प्रयास, प्रहरीले जोगायो

शीतलनिवास अगाडि निहारिकाको आत्मदाह प्रयास, प्रहरीले जोगायो

फाइल तस्बिर


नेपालखबर
साउन २७, २०७९ शुक्रबार १५:२९, काठमाडौँ

आफूलाई बलात्कार गर्ने दोषीलाई कारबाही माग सम्बोधन नभएको भन्दै आत्मदाह प्रयास गरेकी कुमारी आमा निहारिका राजपुतलाई प्रहरीले जोगाएको छ। 

राष्ट्रपति कार्यालय शितलनिवास अघि आफ्नो शरिरमा पेट्रोल छर्किएर आत्मदाह प्रयास गरेपछि उनलाई प्रहरीले जोगाएको हो। 

शुक्रबार दिउँसो शितलनिवास धर्ना दिन पुगेकी उनलाई प्रहरीले धरपकड गरेर पक्राउ गरेको हो। 

यसअघि आफूले न्याय नपाएको भन्दै बसन्तपुर र माइतिघरमा लामो समय अनसन बसेकी थिइन्। निहारिकालाई गत २० साउनमा सिंहदरबारको दक्षिण गेटबाट प्रहरीले पक्राउ गरेको थियो।

सरकारसँग ५ बुँदे सहमतिपछि निहारिकाले अनशन तोडेकी थिइन्। तर त्यो सहमति पालना नभएपछि उनले फेरि सडकमा आउनु परेको बताएकी छन्। 

उनले आफूलाई १७ वर्षको उमेरदेखि नै धनुषाका एक व्यक्तिले नशालु पदार्थ खुवाएर बलात्कार गरेको बताउँदै आएकी छन्। ती व्यक्तिमाथि कारबाही हुनुपर्ने उनको माग छ।​

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .