समाज


विवादित क्षेत्रमा चीन र नेपालले संयुक्त सीमा अनुगमन थाल्ने

विवादित क्षेत्रमा चीन र नेपालले संयुक्त सीमा अनुगमन थाल्ने

चीनबाट फर्किएपछि त्रिभुवन विमानस्थलमा परराष्ट्र मन्त्री डा. नारायण खड्का। तस्बिर : नेपालखबर


नेपालखबर
साउन २६, २०७९ बिहिबार २०:४, काठमाडौँ

उत्तरी छिमेकी चीन र नेपालले सीमा विवाद देखिएका स्थानहरुमा संयुक्त अनुगमन थाल्ने भएका छन्। 

तीन दिने चीन भ्रमण सकेर बिहीबार काठमाडौं आइपुगेका परराष्ट्रमन्त्री डा. नारायण खड्काले त्रिभुवन विमानस्थलमा यसबारे जानकारी दिएका हु्न्। 

'सीमा विवाद भइरहेको विषयमा मेरो भ्रमणका क्रममा कुरा भएको छ', खड्काले भने, 'त्यसका लागि एउटा द्विपक्षीय समिति बनाउने सहमति भएको छ। समितिले अब काम थाल्छ। संयुक्त सीमा अनुगमनको काम थाल्छ।'

उनले नेपालबाट कोभिडका कारण उच्चस्तरीय भ्रमण हुन नसकिरहेको अवस्थामा यो भ्रमण महत्वपूर्ण रहेको पनि बताए। 'यस किसिमिको भ्रमणले नेपाल-चीन सम्बन्धलाई थप प्रगाढ मद्दत पुग्ने मैले विश्वास लिएको छु', खड्काले भने, 'मेरो भ्रमणका लागि मिलाइएको उत्कृष्ट प्रबन्ध र न्यानो आतिथ्यका लागि समकक्षी वाङ यी र चीन सरकारलाई धन्यवाद!'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad