ad ad

समाज


बालाजुको जुत्ता कारखानामा आगलागीबाट करोडौंको क्षति (फोटो)

बालाजुको जुत्ता कारखानामा आगलागीबाट करोडौंको क्षति (फोटो)

तस्बिर : नेपाली सेना


नेपालखबर
साउन २५, २०७९ बुधबार १८:७, काठमाडौँ

काठमाडौं बालाजुस्थित जुत्ता काराखानामा आगो लाग्दा करोडौंको क्षति भएको छ।

काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइपासमा श्रीराम पाण्डेले सञ्चालन गरेको अन वर्ल्ड फुटवेयरमा बुधबार ११ बजेर ३५ मिनेट जाँदा लागेको आगो अपरान्ह नियन्त्रणमा आएको हो ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले आगलागी नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बालाजुको जुत्ता कारखानामा लागेको आगो सातवटा दमकल र १७ वटा पानीको ट्याङ्करको प्रयोग गरेर नियन्त्रणमा लिएको राससलाई जानकारी दिए।

विद्युत् ‘सर्ट’ भएर लागेको आगो झण्डै तीन घण्टापछि नियन्त्रणमा आएको हो।

आगो नियन्त्रणमा लिन काठमाडौँ महानगरपालिकाका दुई, ललितपुर महानगरपालिकाका दुई, भक्तपुर नगरपालिकाको एक, नेपाली सेनाको एक र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको एक दमकलको प्रयोग गरिएको थियो ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .