समाज


१० प्रतिशत दरबन्दी कटौतीको खाका पेस गर्न परिपत्र (पत्रसहित)

१० प्रतिशत दरबन्दी कटौतीको खाका पेस गर्न परिपत्र (पत्रसहित)

नेपालखबर
साउन २५, २०७९ बुधबार १०:३१, काठमाडौँ

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दरबन्दी कटौतीका लागि खाका पेस गर्न भन्दै संघीय कार्यालयहरूलाई परिपत्र गरेको छ। 

यही साउन २२ गते गरिएको मन्त्रालयको सचिवस्तरीय निर्णयानुसार १५ दिनभित्र मन्त्रालय र दरबन्दी संरचनामा कम्तीमा १० प्रतिशत दरबन्दी कटौतीको खाका पेस गर्न सम्बन्धित कार्यालयलाई भनिएको हो। 

चालू आर्थिक वर्ष ०७९/८० को बजेटमार्फत सरकारले गत जेठ १५ गते संघीय निजामती सेवा तथा अन्य सरकारी सेवाका कम्तीमा १० प्रतिशत दरबन्दी कटौती गर्ने घोषणा गरेको थियो। 

चालू आर्थिक वर्षको बजेट वक्तव्यको ३६६ बुँदामा संघीयता कार्यान्वयनको पाँच वर्षको अभ्यासका आधारमा संघ, प्रदेश र स्थानीय तहको प्रशासनिक पुनर्संरचना गर्न एक उच्चस्तरीय आयोग गठन गरिने उल्लेख गरिएको छ भने बुँदा नम्बर ३७९ ले सरकारी निकायका संगठन संरचना र दरबन्दीको पुनरवलोकन गर्ने भनेको छ। संघीय निजामती सेवा तथा अन्य सरकारी सेवाका कम्तीमा १० प्रतिशत दरबन्दी कटौती गर्ने र निजामती तथा सुरक्षा निकायमा प्राविधिक र अत्यावश्यक बाहेकका नयाँ दरबन्दी थप नगरिने बजेट वक्तव्यमा उल्लेख गरिएको छ। 

मन्त्रालयले गरेको परिपत्रमा भनिएको छ, ‘बजेटमा व्यवस्था भएबमोजिमको कार्यसम्पादनका लागि प्रशासनिक पुनर्संरचना उच्चस्तरीय आयोग गठन गरी कार्य प्रक्रिया अघि बढ्ने क्रममा रहेको सन्दर्भमा त्यहाँ मन्त्रालय र अन्तर्गतको दरबन्दी संरचनामा कम्तीमा १० प्रतिशत कटौती गर्ने गरी आवश्यक खाका तयार गरी १५ दिनभित्र मन्त्रालयमा पेस गर्नुहुन अनुरोध छ।’

हेर्नुहोस् पत्र–

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad