समाज


चितवनमा अटो दुर्घटना हुँदा ५ को मृत्यु

चितवनमा अटो दुर्घटना हुँदा ५ को मृत्यु

नेपालखबर
मंसिर २२, २०७६ आइतबार ०:४,

चितवनको राप्ती नगरपालिका–४ मा शनिबार साँझ अटो दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ।

राप्ती नगरपालिका–४ बाट भण्डराको चौकी डाँडा आउँदै गरेको ना १ ह ६४०९ नम्बरको अटो रिक्सा भण्डरा–मलेखु चेपाङ पहाडी मार्गमा अनियन्त्रित भएर सडकबाट तल खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ।

अटोमा ६ जना सवार थिए। दुर्घटनामा गम्भीर घाइते भएकाहरुको उपचारका क्रममा निधन भएको चितवनका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए।

ज्यान गुमाउनेमध्ये पर्वतको कुस्मा पिपलटारीका ३५ वर्षीय श्यामप्रसाद तिवारीको मात्रै सनाखत भएको छ। अन्य चार जनाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ।

तीन जनाको उपचारका क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा र दुई जनाको भरतपुरको सरकारी अस्पतालमा मृत्यु भएको हो।

ज्यान गुमाउनेमा दुई पुरुष र तीन महिला छन्। दुर्घटनामा गम्भीर घाइते भएका एक पुरुषको पुरानो मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ।

दुर्घटनास्थल पूर्वी चितवनको भण्डाराबाट दुई किलोमिटर उत्तरमा पर्छ। मृत्यु हुने सबै २५ देखि ३५ वर्ष उमेर समूहका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad