सशस्त्र प्रहरीले १३ लाख बराबरको सुनचाँदीसहित धनुषाबाट एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
शनिबार सशस्त्रको टोलीले धनुषाको धनौजी गाँउपालिका ४ भडरीबाट ७ लाख ८२ हजार ७ सय २८ रुपैयाँ बराबरको एक सय २६ ग्राम सुन तथा ५ लाख ५ हजार ६४ रुपैयाँ बराबरको ६ केजी ८ सय ५० ग्राम चाँदीसहित एक जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा भारतको मधुवनी गोब्राही घर बताउने ४० वर्षीय जयप्रकाश यादव छन्।
सशस्त्र प्रहरी बल, नेपाल नम्बर ८ गण हेक्वा धनुषा र सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोस्ट देवढियाबाट खटिएको एपीएफ टोलीले उनलाई पक्राउ गरेको हो।
नेपालबाट भारततर्फ जाँदै गरेका निज यादवलाई जाँच गर्दा सो सुन रचाँदी फेला परेपछि पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
3
Shares

प्रतिक्रिया