आज साउन १५। नेपाली परम्पराअनुसार खीर खाने दिन। आजको दिन घरघरमा खीर र मिष्ठान्न परिकार खाएर साउन १५ मनाउने चलन छ।
वर्षमा कहिले दही–चिउरा, कहिले क्वाँटी, जौको सातु खाएजस्तै साउन १५ का दिन खीर खाने प्रचलन छ।
साथै नेपाल कृषिप्रधान देश भएकाले पनि धान रोपिसकेको उपलक्ष्यमा खीर खाएर साउन १५ मनाउने गरिन्छ।
साउन महिना वर्षात् समय भएका कारण पनि दूधबाट बनेको पोषिलो परिकार खीर खाएर साउन १५ मनाउने गरिन्छ।
60
Shares

प्रतिक्रिया