राजनीति


न्यायाधीश सिफारिस गर्न छाडेर आफै न्यायाधीश बन्ने दौडधुपमा वैदिक

न्यायाधीश सिफारिस गर्न छाडेर आफै न्यायाधीश बन्ने दौडधुपमा वैदिक

नेपालखबर
मंसिर २०, २०७६ शुक्रबार ११:५०,

न्यायाधीश नियुक्ती, सरुवा र बढुवादेखि न्यायालयको निष्पक्षता तथा न्यायाधीशहरुका बिषयमा परेका उजुरी छानबिन गर्ने जिम्मेबार निकायमा रहेका एकजना सदस्य पदमप्रसाद बैदिक केही दिनदेखि आफै न्यायाधीश बन्ने दौडधुपमा लागेका छन्।

न्याय परिषद्का सदस्य वैदिकले बुधबार राष्ट्रपति बिद्यादेबी भण्डारी समक्षराजीनामा दिएर दौडधुप शुरु गरेका हुन्।

उनलाई सर्वोच्च अदालतको न्यायाधीश बनाउने प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर राणाको प्रस्तावमा अन्य सदस्यको बिरोधपछि बिहीबार बसेको परिषद बैठक निश्कर्षविहिन बनेको थियो। यो घटनापछि अत्तालिएका वैदिक अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालय सदस्यको सम्पर्कमा पुगेको स्रोतको दाबी छ।

बैदिक नेकपा नेता पुष्पकमल दाहाल प्रचण्डसँग निकट सम्बन्ध राख्छन्। दुबै अध्यक्षको सहमतीमा जसरी पनि न्यायाधीश नियुक्त हुन उनले जोडबल गरिरहेको स्रोतको दाबी छ।
वैदिकले परिषद्बाट राजीनामा दिएर सर्वोच्चको न्यायाधीश हुने चलखेलमा लागेको सूचना बाहिरीएसँगै नेपाल बार एशोसिएसनले यसको बिरोध गर्दै आएको छ। बारले शुक्रबार न्याय परिषद्का सदस्य समेत रहेका कानून मन्त्री उपेन्द्र यादवलाई भेटेर त्यसबारे ध्यानाकर्षण गराएको छ।

मन्त्री यादवका प्रेस संयोजक महेश चौरसियाले बारका प्रतिनिधीले मन्त्री यादवसँग भेटेर पछिल्लो घटनाक्रमका बिषयमा जानकारी गराएको बताए।

परिषद् सदस्य रहेका वैदिक सर्वोच्च अदालतबाट मंसिर ४ मा अवकाश पाएका न्यायाधीश केदारप्रसाद चालिसेको स्थानमा आफुलाई सिफारिस गराउन दौडधुप गरिरहेका हुन्। बारले न्यायाधीश नियुक्ती प्रक्रियामा प्रत्यक्ष संलग्न रहेको ब्यक्ति आफै न्यायाधीश बन्नु न्यायोचित नहुने भन्दै बिरोध गरिरहेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .