मुटु रोगले पीडित भई हाल उपचाररत रहेका पत्रकार महेश रिजाललाई नेपाल पत्रकार महासंघ जिल्ला शाखाले आर्थिक सहयोग प्रदान गरेको छ ।
महासंघका वरिष्ठ उपाध्यक्ष विपुल पोख्रेल र जिल्ला शाखा अध्यक्ष सविन प्रियासनले आज उनलाई सहयोग स्वरुप रु एक लाख २६ हजार ६५ प्रदान गरे। सो रकम महासंघका जिल्ला, प्रदेश, केन्द्रीय सभासद् तथा यहाँका सञ्चारमाध्यमले उपलब्ध गराएका थिए।
केन्द्रीय सभासद् समेत रहेका रिजालको उपचारकालागि महासंघ शाखाले सहयोग अभियानको शुरुआत गरेको छ। रासस

प्रतिक्रिया