कारोबार


चर्चित चिनियाँ अभिनेत्री स्वी छिङ फेरि नेपाल आइपुगिन्

चर्चित चिनियाँ अभिनेत्री स्वी छिङ फेरि नेपाल आइपुगिन्

बसन्त अर्याल
मंसिर २०, २०७६ शुक्रबार ९:४४,

नेपाल भ्रमण वर्ष २०२० का लागि चिनियाँ सदभावना दूत अभिनेत्री स्वी छिङ नेपाल आएकी छन्। गत अक्टूबरमा नेपाल भ्रमणमा रहेकै बेला सरकारले उनलाइ सद्भावना दूत घाेषणा गरेकाे थियाे। स्वी छिङ नेपाल यसपटक नेपाल रहँदा तीन ठाउँको भ्रमण गर्ने कार्यक्रम छ।

नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्टका चाइना टूर प्रमोसन कमिटीका संयोजक सुदर्शन नेपालले आफू उनलाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा (शुक्रबार अपरान्ह) आइपुगेको नेपालखबरलाई जानकारी दिए।

उनका अनुसार अभिनेत्री स्वी छिङ बर्दिया, लुम्बिनी र भक्तपुर घुम्ने कार्यक्रम छ। नौ जना सहितको टोलिमा आएकी उनले नेपालको प्रवद्र्धन गर्ने सामाग्री निर्माण गरी प्रचारप्रसार गर्ने छिन।

बर्दियामा हात्ति सफारी, लुम्बिनी र भक्तपुरको विषयमा प्रवर्द्धनात्मक भिडियो बनाउने कार्यक्रम रहेको छ। उनको टोली डिसेम्बर १२ मा फर्कने कार्यक्रम रहेको छ।

सद्भावना दूत घोषणा भए लगत्तै उनी पोखरा आएकि घुमेकी थिइन। पोखरामा उनले फेवातालमा नौकाविहार र प्याराग्लाइडिङमा रमाएकी थिइन। अन्नपूर्ण आधार शिविर र मर्दी हिमालको यात्रा गरेकी थिइन्। उनले नेपालमा फोटोग्राफी गरेर चीनमा नेपालको व्यापाक प्रचार गर्ने प्रतिवद्धता व्यक्त गरी फर्किएकी थिईन् ।

५० वर्षीया स्वी छिङ चीनकी पख्र्यात सेलिब्रेटी हुन्। उनका फ्यान फलोअर्स नै १.४ अर्ब छन। चिनियाँ सामाजिक सञ्जाल वैपोमा पछ्याउनेहरुले उनलाई ‘समर क्विन’ र हन्ड्रेड फ्लावर्स अर्थात सयवटा फूलभन्दा पनि सुन्दर व्यक्तिको उपमा दिने गर्छन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad