ad ad

समाज


भक्तपुर नगरपालिकाले सेनालाई दियो ‘मयुर झ्याल’

भक्तपुर नगरपालिकाले सेनालाई दियो ‘मयुर झ्याल’

नेपालखबर
मंसिर १८, २०७६ बुधबार १०:४१,

भक्तपुर नगरपालिकाले नेपाली सेनालाई सम्झनाको चिनो स्वरुप भक्तपुरको कला सस्कृती झल्किने मयुर झ्याल हस्तान्तरण गरेको छ। बुधबार जंगी अड्‍डामा एक कार्यक्रमबीच मयुर झ्याल प्रधानसेनापति पूर्णचन्द्र थापालाई भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले हस्तान्तरण गरेका हुन्।

भक्तपुर जिल्लाको सल्लाघारीस्थित सैनिक आवासीय महाविद्यालयको हातामा रहेको ऐतिहासिक रानीपोखरीको मौलिकतासहितको जिर्णोद्वार तथा पुनः निर्माण र सैनिक आवासीय महाविद्यालयको पूर्व तर्फको खेल मैदान सर्वसाधारण युवाहरुलाई प्रयोग गर्नका लागि पुर्‍याएको योगदानको कदर गर्दै भक्तपुर नगरपालिकाले नेपाली सेनालाई उक्त मयुर झ्याल प्रदान गरेको हो। यस्तै सोही कार्यक्रममा नेपाली सेनाबाट पनि भक्तपुर नगरपालिकालाई धन्यवाद स्वरुप सम्झनाको चिनो प्रदान गरिएको थियो।

कार्यक्रममा प्रधानसेनापति थापाले भक्तपुर जिल्ला लगायत देशका विभिन्‍न क्षेत्रहरुमा त्यहाँको ऐतिहासिक महत्व, मौलिक सस्कृति, परम्परा र सम्पदाहरुको संरक्षण एवं सम्वर्द्धन गरी नागरिक सैनिक सम्बन्धलाई जनस्तरसम्म विस्तार गर्नका लागि विभिन्‍न कार्यहरु भइरहेको बताए। उनले नेपाली सेनाले पुराना ऐतिहासिक सम्पदा तथा इतिहासहरुको जगेर्ना गरी त्यसबारे राष्ट्रिय सेवादल तालिममार्फत् नयाँ पुस्तालाई जानकारी गराउँदै आएको बताउँदै वातावरण तथा पर्यावरण संरक्षणका लागि समेत भक्तपुर नगरपालिकाले केही कार्यक्रम ल्याएमा सहकार्य गर्न नेपाली सेना तयार रहेको बताए।

 भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले नेपाली सेनाले कला, सस्कृतिले भरिपूर्ण भक्तपुरको जीर्ण अवस्थामा रहेको ऐतिहासिक रानीपोखरीको जिर्णोद्धार र संरक्षण गरी सर्वसाधारणको लागि खुल्ला गरेकोले जनता र सेनाबीचको सम्बन्धले नयाँ उचाइ लिएको बताए। उनले २०७२ सालको विनासकारी भूकम्पमा भक्तपुरमा नेपाली सेनाले गरेको उद्दार लगायत कार्यको प्रशंसा गर्दै विपद्को बेला नागरिकहरुलाई कसरी जोगाउन सकिन्छ भनी हाल नेपाली सेनासँगको सहकार्यमा भक्तपुरका १२२ जना युवालाई विपद् व्यवस्थापन तथा उद्दार सम्बन्धी तालिम प्रदान गरिएकोले यस्ता कार्यहरुले जनता र सेनाबीचको सुमधुर सम्बन्धले निरन्तरता पाउने बताए।

नेपाली सेनाले प्रधानसेनापतिको ‘कमाण्ड मार्गनिर्देशन २०७५’मा निर्दिष्ट लक्ष्य अनुसार नेपाल र नेपाली सेनाको इतिहास प्रवर्द्धन गर्ने तथा नेपाली सस्कृति र परम्परा प्रवर्द्धनमा सहयोग पुर्‍याउनका लागि देशका विभिन्न ऐतिहासिक तथा पुरातात्विक महत्वका स्थानहरुको संरक्षण तथा प्रवर्द्धन गर्दै आइरहेको छ । सो कार्यको निरन्तरता स्वरुप भक्तपुर सल्लाघारीस्थित ऐतिहासिक रानीपोखरीको जिर्णोद्धार तथा संरक्षण गरी सर्वसाधारणको लागि खुल्ला गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .