तनहुँस्थित सेती नदीको खोँचमा एक पुरूष मृत अवस्थामा फेला परेका छन्।
शुक्लागण्डकी नगरपालिका–५ महरियाघाटमा शनिबार एक पुरूष मृत फेला परेका हुन्।
प्रहरीका अनुसार अन्दाजी ४५ वर्षीय पुरूषको सनाखत हुन सकेको छैन।
उनको हातमा टाटु समेत रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिए।
मृतक पुरूषको शव परीक्षणका लागि दमौली अस्पतालको शवगृहमा राखी पहिचानका लागि आवश्यक अनुसन्धान भइरहेको उनले बताए।
वर्षायामको समय भएकाले शव नदीले बगाएर ल्याएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। रासस
195
Shares

प्रतिक्रिया