ad ad

समाज


बाढी : यस्तो छ ३ दिनको अनुमान

बाढी : यस्तो छ ३ दिनको अनुमान

फाइल तस्बिर


नेपालखबर
असार ९, २०७९ बिहिबार १०:३०, काठमाडौँ

वर्षासँगै देशका विभिन्न स्थानमा बाढी आउने तथा पहिरो जाने क्रम सुरु भएको छ। यसबाट हुने क्षतिबाट बच्न बाढी पूर्वानुमान महाशाखाले दैनिक रूपमा बाढीको सम्भावनाबारे सूचना दिने गरेको छ। 

यसै क्रममा महाशाखाले बिहीबार बिहान बुलेटिन जारी गरी तीन दिन अर्थात् शनिबारसम्म कहाँ कहाँ बाढीको सम्भावना कस्तो छ भनेर जानकारी दिएको छ।  

महाशाखाका  अनुसार आगामी ३ दिनसम्म प्रमुख नदीहरू कोसी, कर्णाली, महाकाली, कन्काई, कमला, बागमती, पश्‍चिम राप्ती, बबई र यसका सहायक नदीको बहाव बढ्ने तथा सतर्कता तहभन्दा तलै रहने अनुमान गरिएको छ। 

भोलि अर्थात् शुक्रबार नारायणी र यसका साना सहायक नदीमा जल सतह उल्लेख्य बढ्ने र केहीमा सतर्कता तह आसपास पुग्न सक्ने सम्भावना देखिएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। 

हेर्नुहोस् बाढीको सम्भावनाबारे थप जानकारी–

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .