ad ad

समाज


जनकपुरका उपमेयर साहमाथि कार्यालयमै धक्कामुक्का

जनकपुरका उपमेयर साहमाथि कार्यालयमै धक्कामुक्का

शैलेन्द्र महतो
असार ५, २०७९ आइतबार १७:५, जनकपुरधाम

जनकपुरधाम उपमहानगरपालिकाका उपमेयर किशोरी साहमाथि दुर्व्यवहार भएको छ।

जनकपुरधाम उपमहानगरपालिका– २३ बेलागाउँस्थित अतिक्रमण गरिएको जग्गा खाली गराउन माग गर्दै ज्ञापन पत्र बुझाउन नगरपालिका कार्यालय पुगेका समूहले उपमेयर साहमाथि दुर्व्यवहार गरेको हो।

स्थानीयले बेला गाउँका स्थानीय समाजसेवी एवं दाताहरुले रामजानकी दुल्हा भगवान कुटीलाई प्रदान गरेको १७ बिघा १५ कठ्ठा जग्गा केही समययता टुक्रा टुक्रा पारी बेचबिखन हुन थालेको भन्दै त्यसलाई रोक्न माग गर्दै मेयरलाई ज्ञापनपत्र बुझाउन आएका थिए।

मेयरलाई कार्यालयमा नभेटेपछि उनीहरुले उपमेयर किशोरी साहलाई ज्ञापन बुझाए। ज्ञापन बुझेपछि उपप्रमुख साहले कार्यालय प्रांगणमा सम्बोधन गर्ने क्रममा आफू कसैलाई उजाड बनाउन नभई बसाल्न आएको बताएपछि भीडले आक्रमण गरेको हो।

उपमेयर साहमाथि धक्कामुक्की भएपछि प्रहरी टोलीले सुरक्षा दिएर कार्यकक्षमा लगेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .