ad ad

समाज


अर्थमन्त्रीलाई स्वास्थ्यमन्त्रीको चुनौती : कम्पनीबाट स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयन गर्दिनँ

अर्थमन्त्रीलाई स्वास्थ्यमन्त्रीको चुनौती : कम्पनीबाट स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयन गर्दिनँ

प्रतिनिधिसभा बैठकमा स्वास्थ्यमन्त्री खतिवडा। तस्बिर : रासस


नेपालखबर
असार १, २०७९ बुधबार १७:४७, काठमाडौँ

स्वास्थ्य तथा जनसंख्या मन्त्री खतिवडाले स्वास्थ्य बीमा बोर्डलाई खारेज गरेर कम्पनीमार्फत स्वास्थ्य बीमा कार्यक्रम अघि बढाउने बजेटको घोषणा कार्यान्वयन नगर्ने बताएका छन्। 

बुधवार  प्रतिनिधि सभामा जारी विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री खतिवडाले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने क्रममा अर्थमन्त्री जनार्दन शर्माले घोषणा गरेको स्वास्थ्य बीमा बोर्डलाई खारेज गरेर कम्पनीमार्फत स्वास्थ्य बीमा कार्यक्रम अघि बढाउने बजेटको घोषणा कार्यान्वयन नगर्ने बताएका हुन्। 

उनले स्वास्थ्य बीमा कार्यक्रम, ऐन अनुसार नै अघि आफू अगाडि बढ्ने बताए। स्वास्थ्य केन्द्रहरूबाट ७० थरी बाँड्ने गरिएकोमा अब ९८ थरिका औषधि नि:शुल्क रहेको बताए। उनले स्वास्थ्य बीमाको लागि ११ सय ३३ किसिमका औषधि समावेश गरिएको बताए। 

‘स्वास्थ्य बीमामा कम्पनी लेखि सकिएको भन्ने कुराहरु आयो। त्यसको जिम्मा कसले लिन्छ भनेर त्यसमा मंसिरसम्म यही हुन्छौं होला ? अर्थमन्त्रीको नियतमा भोली संसदमा उभिनुहुन्छ सोध्नु होला। म लागू गर्दिनँ। अहिले स्वास्थ्य ऐनले जे भनेको छ। त्यो उद्देश्यले गरिएको हो। त्यही अन्तर्गत जान्छु', उनले भने, 'अर्थमन्त्रीले होइन भनिसक्नु भयो। यो मैले भनेको कुरा झुटो प्रमाणित भयो भने मंसिरसम्म हामी यही हुन्छौं। त्यो बेलामा फेरि सोध्नु होला। स्वास्थ्य बीमाको लागि पनि ११ सय ३३ किसिमका औषधि समावेश गरिएको छ।’

मन्त्री खतिवडाले २४ लाख हराएको खोप मन्त्रालयको वेबसाइटमा हेरेर खोज्न आग्रह गरे। उनले खोपको खोजीका लागि मन्त्रालयको वेबसाइट हेर्न सांसदहरुलाई आग्रह गरेका हुन्। 

उनले नेपालमा विभिन्न देशबाट आएका खोपहरू काठमाडौंमा नै कुन मितिमा आएको, काठमाडौंबाट कुन प्रदेशमा कति गएको वेबसाइटमा उल्लेख गरिएको दाबी गरे। 

मन्त्री खतिवडाले नेपालमा ५ करोड ३३ लाख खोप आएकोमा ४ करोड ८७ लाख प्रयोग भइसकेको बताए। उनले सरकारसँग अझै ४६ लाख ४७ हजार डोज खोप सरकार स्टक रहेको बताए। मन्त्री खतिवडाले आफूविरुद्ध २४ लाख घोटाला गरेको आरोप पुष्टि गर्नसमेत चुनौती दिए।

उनले एक व्यक्तिले ५० लाख खोप डम्पिङ गरेर किनेर कमिसन बजाउने योजना बनाएको सांसदहरुको प्रश्नको जवाफमा आफू त्यो बाटोमा नगएको बताए। 

बालबालिकाको लागि फाइजर खोप ल्याउनको लागि विश्व बैंकबाट रकम भुक्तानी गर्ने गरी साढे ६ अर्बको खोप किन्ने मन्त्रिपरिषद्ले निर्णय गरेको पनि उनले बताए। 

तर विश्व स्वास्थ्य संगठनहरुले नेपालले खोप कार्यक्रम राम्रो गरेको भन्दै कोभ्याक्स सुविधा अन्तर्गत ५ देखि ११ वर्ष बच्चाका लागि खोज दिएकाले नल्याएको उनले बताए। 

‘बच्चाको लागि फाइजर खोप ल्याउन विश्व बैंकबाट रकम भुक्तानी गर्ने गरी मन्त्रीपरिषद्ले निर्णय गरेको थियो। त्यो साढे ६ अर्बको थियो', उनले भने, 'तर हामीले किन्ने भनेर निर्णय गरेको खोप विश्व स्वास्थ्य संगठनहरुले कोभ्याक्स सुविधा अन्तर्गत ५ देखि ११ वर्ष बच्चाको लागि पठायो।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .