काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले आइतबार बसेको कार्यपालिका बैठक पूर्वतयारीका कारण सकारात्मक भएको बताएकी छन्।
उनले आगामी बैठकहरु पनि यसैगरी सञ्चालन हुनुपर्ने बताइन्।
महानगरपालिकाको दोस्रो कार्यपालिका बैठकमा बोल्दै डंगोलले भनिन्, ‘हामीले आज पूर्वतयारी गरेर बैठक बसेका थियौँ, जुन एकदमै सकारात्मक पनि भयो। आगामी दिनमा पनि यसैगरी अघि बढ्नुपर्छ भन्ने शिक्षा हामीलाई भएको छ।’
आगामी दिनको बाटो पनि देखाइदिन उनले वडाध्यक्ष तथा सरोकारवालालाई अनुरोध गरिन्। ‘हामीले कसरी अघि बढ्नुपर्छ भन्ने बाटो पनि देखाउनुभएको छ,’ उनले भनिन्, ‘एजेण्डाअनुसार नै समितिहरु गठन गर्नपर्नेछ।’
फोहोरमैला ब्यवस्थापनाको अल्पकालीन समाधान भएको भन्दै उनले दीर्घकालीन व्यवस्थापनका लागि प्रत्येक वडामा पुगेर काम गर्नपर्ने बताएकी छन्।
‘नीति तथा कार्यक्रम र बजेटको होमवर्क हुन थालेको छ,’ उनले भनिन्, ‘यहाँहरुले बजेटमा राख्नपर्ने विषयलाई योजनाका रुपमा ल्याउनुहुन्छ भन्ने विश्वास छ। हामी सबैको ध्यान फोहोरमैला ब्यवस्थापनसँगै बजेटमा हुनुपर्छ।’
Shares

प्रतिक्रिया