ad ad

समाज


विवाहपञ्चमीः सीता र रामको स्वयंम्वर सकियो (फोटोफिचर)

विवाहपञ्चमीः सीता र रामको स्वयंम्वर सकियो (फोटोफिचर)

शैलेन्द्र महतो
मंसिर १५, २०७६ आइतबार १०:३२,

त्रेता युगमा भगवान राम र सीताबीचको विवाह भएको दिनको स्मरण गर्दै जनकपुरमा धुमधामसँग विवाहपञ्चमी महोत्सव मनाइँदैछ।

आइतबार (आज) दिउँसो भगवान राम र सीताको डोलाफेर र स्वयंम्वर सम्पन्न भएको छ।

साधुसन्तको अगुवाइमा झाँकी कीर्तनसहित राम मन्दिरबाट रामको डोला र जानकी मन्दिरबाट जानकीको डोला निस्केर एतिहासिक बाह्रविघा रंगभूमि मैदान पुगेर स्वयंम्वर गरिएको हो।

ढोल पिपही, सहनाई, व्यान्ड बाजा र पञ्चेबाजासहित छुटछुट्टै निस्किने दुवै डोली बाह्रविघा मैदानमा मिलन भएपछि वैदिक परम्परा अनुसार मालाफेर गरी राम र जानकीको स्वयंम्वर गर्ने प्रचलन छ। डोलाको दर्शन एवं राम र सीताको स्वयंम्वर हेर्न बाह्रविघा मैदानमा लाखौं दर्शनार्थीको घुइँचो लागेका थियो।

स्वयंम्वरपछि जनकपुरको नगर परिक्रमा गरी जानकी मन्दिरमा पुग्ने प्रचलन छ। आजै साँझदेखि मिथिलाको वैदिक परम्परा अनुसार राम र सीताको विवाह गर्ने कार्यक्रम रहेको छ। विवाहका लागि जानकी मन्दिर प्रांगणमा मण्डप बनाइएको छ।

बैबाहिक कार्यक्रममा भगवान रामका बुबा राजा दशरथको भूमिकामा राम मन्दिरका महन्थ राम गिरी र सीताको पिता राजा जनकको भूमिकामा जानकी मन्दिरका महन्थ रामतपेश्वर दास बैष्णवले भूमिका निर्वाह गर्दछन्।

विवाहपञ्चमी अवलोकन गर्न आएका लाखौं दर्शनार्थीले अहिले जनकपुर खचाखच भरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .