ओस्कार विजेता हलिउड अभिनेता एड्रियन ब्रोडी नेपाल भ्रमणमा आएका छन्। केही दिनअघि उनले सामाजिक सञ्जालमा नेपाल भ्रमणको फोटो सेयर गरेका छन्।
इन्स्टाग्राममा उनले नाम्चेमा रमाउँदै गरेको फोटो र भिडियो राखेका छन्। तीन दिनअघि मात्र सगरमाथा आधारशिविर पुगेको जानकारी उनले दिएका छन्।
नेपालमा भूकम्पपछि सन् २०१५ को अक्टोबरमा पनि उनी नेपाल आएका थिए।
सन् २००२ मा रोमन पोलन्स्की निर्देशित द पियनिस्टबाट सवोत्कृष्ट अभिनेता विधामा ओस्कार हात पारेका ब्रोडीले ग्रयान्ड बुडापेस्ट होटल, डिट्याचमेन्ट, द एक्सपेरिमेन्ट, मिडनाइट इन पेरिसजस्ता चर्चित फिल्ममा अभिनय गरेका छन्।
प्रतिक्रिया