ad ad

समाज


सुनसरीमा हुस्सुका कारण ट्रकसँग एम्बुलेन्स ठोक्किँदा ६ जनाको मृत्यु

सुनसरीमा हुस्सुका कारण ट्रकसँग एम्बुलेन्स ठोक्किँदा ६ जनाको मृत्यु

नेपालखबर
मंसिर १५, २०७६ आइतबार २:२१,

माेरङकाे विराटनगरबाट शव बोकेर उदयपुरतर्फ आइरहेको एम्बुलेन्स ट्रकसँग ठोक्किँदा ६ जनाको मृत्यु भएको छ।

सुनसरी जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एसपी यज्ञविनोद पोखरेलले नेपालखबरलाई दिएको जानकारीअनुसार विराटनगरको गोल्डेन अस्पतालमा उपचारका क्रममा मृत्यु भएकी शिवमाया राईको शव बोकेर उदयपुर आउँदै गरेको ना १ च ९३६४ नम्बरको एम्बुलेन्स र ना २ ख ९०८२ नम्बरको ट्रक शनिबार राति सुनसरीकाे कोसी गाउँपालिकाको हरिपुरमा आपसमा ठोक्किएका हुन्।

‘मैले बुझेअनुसार राति १२ बजे हुस्सुका कारण एम्बुलेन्स र ट्रक ठोक्किएका हुन्,’ नेपालखबरसँग टेलिफोनमा कुरा गर्दै एसपी पोखरेलले भने, ‘म त यता मतगणनाका लागि धरानमा छु, वास्तविकता बुझ्न बाँकी छ।’

उनका अनुसार घटनास्थलमा प्रहरी पुग्दा एम्बुलेन्सभित्र ७ वटा शव थिए। तीमध्ये एकजना शिवमाया राईको उपचारका क्रममा पहिल्यै मृत्यु भइसकेकाले एम्बुलेन्समा रहेका ६ जनाको मुत्यु भएको उनले बताए।

दुर्घटनामा एम्बुलेन्स चालक २८ वर्षीय, राजेश दनुवार, वर्ष ३४ का दुर्गाधन राई, २८ का टेकेन्द्र राई, ५० को तुलबहादुर राई, वर्ष ३१ को दिनेश राई र वर्ष ३५ मुकेश राईको मृत्यु भएको प्रहरीले जनाएको छ। 

सबै शव सुनसरी सदरमुकामस्थित इनरुवा अस्पतालमा लगिएकाे प्रहरीले जानकारी दिएको छ। उनीहरु सबै एउटै परिवारका हुन सक्ने प्रहरीकाे अनुमान छ।

जाडोयाम लागेपछि तराई मधेसमा बाक्लो तुवाँलो तथा हुस्सु लाग्छ। जसका कारण भिजिबिलिटी कम हुने अर्थात् दिउँसै अँध्यारो भएर बाटो नदेख्ने भएका कारण सवारी दुर्घटना हुने गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .