ad ad

राजनीति


प्रचण्ड निर्वाचित क्षेत्रमा कांग्रेस उम्मेदवार विजयी

प्रचण्ड निर्वाचित क्षेत्रमा कांग्रेस उम्मेदवार विजयी

नेपालखबर
मंसिर १५, २०७६ आइतबार २:५८,

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निर्वाचित चितवन क्षेत्र नम्बर ३ को एउटा वडासहित जिल्लाका तीनवटै वडामा कांग्रेस उम्मेदवार विजयी भएका छन्।

अघिल्लो निर्वाचनमा विजयी भएको वडासमेत उपनिर्वाचनमा नेकपाले गुमाएको छ। भरतपुर महानगरपालिका–१६ उपनिर्वाचनमा नेकपाले गुमाएको हो।

भरतपुर १६ मा कांग्रेसका अमृत हमालसँग नेकपाका उम्मेदवार भक्तराज हमाल पराजित भएका छन्।

त्यसैगरी खैरहनी नगरपालिका ४ र ५ मा पनि कांग्रेसका उम्मेदवार नै विजयी भएका छन्।

खैरहनी–४ मा कांग्रेसका देवबहादुर बस्नेतसँग नेकपाका बेदबहादुर अधिकारी पराजित भएका हुन् भने खैरहनी–५ मा कांग्रेसकी उम्मेदवार प्रतिमा कार्कीसँग नेकपाका पुननारायण प्रधान पराजित भएका हुन्।

यी दुबै वडा अघिल्लो स्थानीय तहको निर्वाचनमा पनि कांग्रेस उम्मेदवार नै विजयी भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .