ad ad

समाज


यौन हिंसामा परेकी किशोरीको घटना अनुसन्धान गर्न समिति गठन

यौन हिंसामा परेकी किशोरीको घटना अनुसन्धान गर्न समिति गठन

फाइल फोटो


नेपालखबर
जेठ ६, २०७९ शुक्रबार १९:४३, काठमाडौँ

सुन्दरी प्रतियोगितामा भाग लिँदा यौन हिंसामा परेकी किशोरीको घटना अनुसन्धान गर्न ५ सदस्यीय समिति बनेको छ। 

गृहमन्त्री बालकृष्ण खाँणको निर्देशनपछि प्रहरी प्रधान कार्यालयले समिति बनाएको हो। 

उपत्यका प्रहरी अपराध महाशाखा प्रमुख एसएसपी वसन्त कुँवरको नेतृत्वमा बनेको समितिमा एसपी कृष्णप्रसाद कोइराला, डीएसपी कोपिला चुँडाल, डीएसपी हरि बस्नेत र प्रहरी निरीक्षक सपना खड्का रहेका छन्। 

गृहमन्त्री खाँणले किशोरीले सार्वजनिक गरेको भिडियो बारे आवश्यक अनुसन्धान गरी दोषीलाई सजाय गर्न निर्देशन दिएका छन्। 

समितिले शुक्रबारबाटै काम सुरु गरेको छ। शुक्रबार अपरान्ह एसपी कोइरालासहितको टोली किशोरीलाई भेटेर फर्किएको छ।

घटनाका बारेमा पीडितसँग जानकारी लिएको महाशाखा प्रमुख एसएसपी वसन्त कुँवरले बताए। 

‘पीडितको घरमा पुगेर हाम्रो टोली फर्किँदैछ। उहाँसँग घटनाको बारेमा जानकारी लिने र कानुनी प्रक्रियाका बारेमा कुरा भएको छ’, कुँवरले भने। 

पीडितलाई भेट्नु अघि प्रहरीले कानुनी परामर्श गरेको थियो। बलात्कारको मुद्दामा हद म्याद नाघेकाले अब कुन कसुरमा कारबाही अगाडी बढाउने भन्ने परामर्श गरेको थियो। घटनाका बारेमा जानकारी लिँदै कानुनी प्रावधानका बारेमा पीडितसँग प्रहरीले परामर्श गरेको छ। 

७/८ वर्ष पहिले भएको घटना पीडितले टिकटक मार्फत सार्वजनिक गरेकी थिइन्। त्यसलगत्तै घटनामा संलग्नलाई कारबाही गर्न चौतर्फी दबाब बढेको छ।

बलात्कृत किशोरीको बयान : ढिलो बोलेँ, विश्वास छ मलाई माया गर्नुहुनेछ

बालुवाटारमा धर्ना : बलात्कारको मुद्दामा हदम्याद हटाऊ (फोटो/भिडिओ)

‘मैले योनिमा मृत्यु बोकेर कतिञ्जेल बाँच्नुपर्ने?’

कानुन अनुसार हद म्याद नाघे पनि पीडकलाई उन्मुक्ति नदिन प्रहरीले कुन कसुर आकर्षित गर्न सकिन्छ भनेर बाटो खोजेको छ। 

यस्तै प्रहरीले घटनामा संलग्न भनिएका व्यक्ति माथि पनि निगरानी बढाएको छ। 

दोषीमाथि सजाय माग गर्दै शुक्रबार बिहान प्रधानमन्त्रीको निवास बालुवाटार अगाडि प्रदर्शन भएको छ।

प्रदर्शनमा सहभागीहरुले दोषीमाथि कारवाही गर्न र बलात्कारसम्बन्धी मुद्दामा हदम्याद नलाग्ने व्यवस्था गर्न माग गरेका छन्। 

उनीहरुले यौन हिंसामा परेकी किशोरीलाई न्याय दिलाउने पहलकदमी लिन प्रधानमन्त्री शेरबहादुर देउवालाई खबरदारी गरेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .